+
+

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने : जुनसुकै क्षेत्रमा रहे पनि आदर्श व्यक्ति बन्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित हुने विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते १५:३६

१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका दीक्षित विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरेका छन् ।

त्रिविको ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्राप्त गरेको ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे ।

उनले भने, ‘ हामीले बनाउन खोजेको समाज एउट इमान्दार समाज हो । सुसंस्कृतिक समाज हो । लोकतान्त्रिक समाज हो र नागरिक सर्वोच्चताको समाज हो । यो समाज शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत हुनुपर्दछ ।’

उनले अगाडि थपे, ‘सबै नेपाली शान्तिमय वातावरणामा ढुक्कले बाँचेका छन् । सम्मानित जीवन बाँचेका छन् । सुखी जीवन बाँचेका छन् त्यस्तो समाज बनाउन हामीले प्राप्त गरेको ज्ञान, सीप प्रविधि प्रयोग गर्न सक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?