+
+

बालिका बलात्कार गरेको आरोपमा चन्द्रागिरीबाट युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते १७:३१

१३ पुस, काठमाडौं। ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी दरपाथाना घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्ता रहेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आरधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?