+
+

‘पूर्णबहादुरको सारंगी’ २०२४ को लोकप्रिय नेपाली फिल्म, हेर्नुहोस् आइएमडीबी सूची

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते २०:५१

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ सन् २०२४ मा सबैभन्दा लोकप्रिय नेपाली फिल्म बनेको छ । इन्टरनेट मूभी डेटाबेस (आइएमडीबी)का अनुसार १० मा कूल ८.६ रेटिङ पाउँदै यो फिल्म लोकप्रिय घोषित भएको हो ।

आइएमडीबीले कूल पेज भिजिटर र रेटिङको आधारमा यो सूची तयार पार्छ । जसअनुसार, सन् २०२४ मा प्राप्त पेज भिजिटरले दिएको रेटिङ अनुसार आइएमडीबीले ‘पूर्णबहादुरको सारंगी’लाई सूचीको शीर्ष स्थानमा राखेको हो ।

दोस्रो स्थानमा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ छ जसले प्लाटफर्ममा ७.१ रेटिङ पाएको छ । तेस्रो स्थानमा रहेको ‘बेहुली फ्रम मेघौली’को रेटिङ ८.१ भएपनि यसको पेज भिटिजर संख्या कम भएकाले तेस्रो स्थानमा छ ।

चौंथो लोकप्रिय फिल्ममा ‘१२ गाउँ’ छ । पाँचौ स्थानमा ‘बोक्सीको घर’ छ । छैटौंमा ‘खुस्मा’, सातौंमा ‘छक्कापञ्जा ५’, आठौंमा ‘पूजा, सर’, नवौंमा ‘घरज्वाइँ’, दशौंमा ‘पूजार सार्की’ छ ।

आइएमडीबीले यसवर्षको कूल पेज भिजिटर र रेटिङको आधारमा लोकप्रियताको सूची तयार पार्छ ।

सन् २०२४ मा हलिउडका सबैभन्दा लोकप्रिय फिल्ममा ‘डेडपुल एण्ड वुल्भरिन’ घोषित भएको छ । यसवर्ष भारतको सबैभन्दा लोकप्रिय फिल्मको आइएमडीबी सूचीको शीर्षस्थानमा प्रभास स्टारर ‘कल्की २८९८ एडी’ र दोस्रो स्थानमा ‘स्त्री २’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?