+

थाइराइडले यौन जीवनमा कस्तो असर पार्छ ?

२०८१ पुष  १४ गते १२:२७ २०८१ पुष १४ गते १२:२७
थाइराइडले यौन जीवनमा कस्तो असर पार्छ ?

विवाह गरेपछि यौन जीवन सुखमय छ भने दम्पतीको सम्बन्ध अझ प्रगाढ हुन्छ । तर यौन जीवन नराम्रो भएमा दम्पतीबीच दूरी बढ्न सक्छ । यौन जीवन बिग्रिनु भनेको दम्पतीमध्ये एकजनामा यौन चाहना नहुनु वा यौन चाहना भएपनि गतिविधिमा सन्तुष्ट नहुनु वा सो क्रममा पीडादायी हुनु हो । तर यो समस्या त्यत्तिकै हुँदैन ।

यसो हुनुको पछाडि मानसिक वा शारीरिक स्वास्थ्य समस्या पनि हुनसक्छ । जो बेलैमा पहिचान नहुँदा समस्या थप जटिल बन्दै जान्छ । यौन जीवनमा दखल पुर्‍याउने प्रमुख कारणमध्ये एक हो, थाइराइड ।

सबैभन्दा पहिला थाइराइड के हो बुझौं ।

थाइराइड घाँटीमा पुतली आकारको एक ग्रन्थी हो । यो ग्रन्थीले हर्मोन बनाउँछ । सो हर्मोनले शरीर स्वस्थ र चलायमान राख्ने सबै प्रक्रियाको गतिलाई नियन्त्रण गर्छ । यदि यो ग्रन्थीमा हर्मोनको अनियमितता बढेमा थाइराइडको समस्या भएको बुझिन्छ । हर्मोन बढी भएमा हाइपर थाइराइडडिजम र हर्मोन कम हुनुलाई हाइपोथाइराइड भन्ने गरिन्छ । यी दुईको अवस्था शरीरमा देखिनु स्वास्थ्यको हिसाबले ठीक होइन ।

थाराइडले कसरी यौन जीवन प्रभावित पार्छ ?

यौन सम्बन्ध राख्ने क्रममा महिला उत्तेजित हुँदा प्राकृतिक रुपमा चिल्लोपन (लुब्रिकेन्ट) उत्पादन हुन्छ । सो चिल्लोपनले लिङ्गको घर्षणलाई सहज बनाउँछ । जसकारण यौन सम्बन्ध राख्न सहज हुन्छ । दुखाइ अनुभव हुँदैन । तर थाइराइड हुने महिलाको योनीमा सो चिल्लोपन कम उत्पादन हुन्छ । चिल्लोपन कम भएमा यौन सम्बन्ध राख्दा महिलालाई पीडादायी महसुस हुनसक्छ । प्रत्येक पटकको सम्भोग दुखाइपूर्ण भएमा महिलामा यौन इच्छा पनि कम हुँदै जान्छ ।

थाइराइडले योनीमा चिल्लोपन कम मात्र गर्दैन । यसले टेस्टोस्टेरोनको मात्रा पनि कम गरिदिन्छ । जबकि टेस्टोस्टेरोन हर्मोनको मात्रा सन्तुलित रहन यौन जीवनको लागि महत्वपूर्ण छ । यो समस्या थाइराइड भएका पुरुषमा पनि हुनसक्छ । कम टेस्टोस्टेरोन हर्मोनको मात्रा कम भएमा वा उत्पादन नै नभएमा यौन इच्छा नै कम हुन्छ ।

पुरुषमा यौन इच्छाको कमी मात्र होइन, शीघ्र पतनको समस्या पनि हुन्छ । हाइपोथाइराइड भएमा ढिला वीर्य स्खलन हुने र हाइपरथाइराइड भएमा छिटो शीघ्रपतनको समस्या हुन्छ । यी दुवै अवस्थाले यौन जीवनमा दखल पार्छ । शीघ्र पतनले यौन आनन्द लिन दम्पती सक्षम हुँदैनन् भने घण्टौंसम्म वीर्य स्खलन नभएमा यौन जीवन पट्यारलाग्दो हुन्छ । थाइराइडको समस्याले पुरुषमा यौन दुर्बलताको समस्या हुन्छ ।

थाइराइड हर्मोनले नाइट्रिक अक्साइडको स्तरलाई नियन्त्रण गर्छ, जुन रक्तसञ्चारका लागि महत्त्वपूर्ण हुन्छ । थाइराइडले रक्तसञ्चार कमजोर गराई पुरुषको लिङ्गमा कडापन महसुस हुँदैन । यदि पुरुषमा यो समस्या भएमा सम्भोग गर्न सम्भव हुँदैन । यसले पुरुषमा आत्मविश्वासको कमी हुन्छ ।

थाइराइड भएका महिला र पुरुष दुवैमा साझा रुपमा देखिने अर्को समस्या हो, थकान । थकानका कारण सामान्य गतिविधि गर्न पनि ऊर्जा हुँदैन । यस्तोमा सम्भोगका लागि पनि मेहनत आवश्यक पर्छ । थाइराइडका कारण थकान महसुस भइरहेमा यौन क्रिया पनि चाहेको जति हुन पाउँदैन ।

समाधान के छ ?

थाइराइडको समस्या भएको शङ्का लागेमा समयमै थाइराइड परीक्षण गरेर चिकित्सकको सल्लाह लिनु आवश्यक छ । यदि यौन जीवन प्रभावित भएमा लुकाएर राख्ने होइन, चिकित्सकलाई खुलेर भन्नुपर्छ । चिकित्सकले यौन जीवनलाई पनि सहज पार्ने र थायराइड नियन्त्रणमा ल्याउने  खालको परामर्श दिन्छन् ।

थाइराइड हर्मोनको सन्तुलन मिलाउन नियमित औषधि सेवन गर्ने, स्वस्थ खाना, व्यायाम र तनाव व्यवस्थापन गर्नाले थाइराइडले गर्ने असरलाई कम गर्न मद्दत गर्छ । जसले गर्दा यौन जीवनमा पार्ने असर पनि कम हुँदै जान्छ ।

डा. विनय भट्टराई थाइराइड यौन जीवन
डा. विनय भट्टराई
लेखक
डा. विनय भट्टराई
मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९०९५ अध्ययन : एमबीबीएस र एमडी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं र ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

थाइराइडले यौन जीवनमा कस्तो असर पार्छ ?

थाइराइडले यौन जीवनमा कस्तो असर पार्छ ?

जाडोमा बढ्छ दमको समस्या

जाडोमा बढ्छ दमको समस्या

मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

धेरै तनाव, चाँडै बुढ्यौली  

धेरै तनाव, चाँडै बुढ्यौली