+
+

नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १३:१४

काठमाडौं । नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

ताहाचलस्थित होटल ह्यात प्यालेसमा शनिबार सम्पन्न साधारण सभाले सबै पक्ष मिलेर विज्ञापन बजारलाई चलायनमान बनाउने निष्कर्ष निकाल्दै साधारण सभा सकिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साधारण सभा तीन सत्रमा सञ्चालन भएको थियो । पहिलो सत्रमा संघका महासचिव र कोषाध्यक्षले छुट्टा-छुट्टै वार्षिक तथा आर्थिक एवम् आगामी वर्षको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका थिए ।

दोस्रो सत्रमा ‘स्टेइंग रेलिभेन्ट : रिसेपिङ नेपाल्स एडभरटाइजिङ ल्यान्डस्केप’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

अन्तर्क्रियामा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल, नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापा लगायतले आ–आफ्नो क्षेत्रबारे धारणा राखेका थिए ।

कार्यक्रममा वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्ष्यमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाबारे धारणा राखेका थिए ।

कार्यक्रमको तेस्रो सत्रमा विज्ञानपन उद्योगको क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रशन्न श्रेष्ठ र साइस्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारका प्रतिनिधिहरू बीच भएको प्रतिस्पर्धामा श्रेष्ठ र घिमिरे उत्कृष्ट पाँचभित्र पर्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?