+
+

आईएमई योजनाकी विजेता प्रमिलालाई एक करोडको चेक हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १३:१८

काठमाडौं । विदेशमा कमाएको रकम आईएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमई ग्रुपले कैलालीस्थित घरमै पुगेर चेक हस्तान्तरण गरेको छ ।

जापानको क्योदाइबाट आईएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिका-९ स्थित बल्मी टोल निवासी रोकायालाई शनिबार उनकै निवासमा पुगेर आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका थिए ।

विजेता प्रमिलालाई चेक हस्तान्तरण गर्दै अध्यक्ष ढकालले बिजेता बन्न सफल भएकोमा शुभकामना दिए ।

विजेता बनेकी रोकायाले चेक बुझदै उक्त रकमले आफ्ना बाबुआमाका लागि घर बनाउने सपना रहेको सुनाइन् ।

गत असोजमा आईएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी हुन् ।

आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आईएमई गरौं,करोडपति बनौं’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

आईएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आईएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए । आईएमई गरी आईएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए ।

आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?