
१४ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्षको दिनमा जनमत पार्टीले धोती दिवस मनाउने भएको छ । पुस १७ (जनवरी १) मा जनमतले धोती दिवस मनाउने निर्णय गरेको हो ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले धोती दिवस मनाउने निर्णय भएको प्रवक्ता डा.शरदसिंह यादवले जानकारी गराए ।
आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर कार्यक्रममा उपस्थित हुन जनमतले पार्टी पङ्तिमा निर्देशन दिएको छ ।
धोती दिवस सबै जिल्लामा मनाउने जनमतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4