+

मिस वर्ल्ड प्रोजेक्ट इच्छाकामनामा प्रियंकारानीको स्वास्थ्य शिविर

२०८१ पुष  १४ गते १६:४८ २०८१ पुष १४ गते १६:४८
मिस वर्ल्ड प्रोजेक्ट इच्छाकामनामा प्रियंकारानीको स्वास्थ्य शिविर

काठमाडौं । मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले पछिल्लो सप्ताहन्त चितवनको दुर्गम इच्छाकामना गाउँपालिकाको अपरदानगढीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकी छन् ।

मेडिसिटी बयोधा हस्पिटलसँगको सहकार्यमा आयोजित शिविरमा सामान्य स्वास्थ्य जाँच, स्त्रीरोग, बालरोगबारे परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा २१० भन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । उनीहरुलाई निःशुल्क औषधि पनि उपलब्ध गराइएको थियो ।

पतञ्जली आयुर्वेदिक र डाबर नेपालले पनि बिरामीलाई सरसफाक्ष सामग्री वितरण गरे । प्रियंकारानीले सन् २०२२ मा आयोजित मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको परियोजना पनि अपरदानगढीमा सञ्चालन गरेकी थिइन् । उक्त परियोजनाअन्तर्गत उनले स्वास्थ्य शिविर, विद्यालय भवन निर्माण र उद्यमशीलताका परियोजना सञ्चालन गरेकी थिइन् ।

गत ९ मार्चमा मुम्बईमा आयोजित ७१ औं मिस वर्ल्डमा प्रियंका एसिया र ओसियाना क्षेत्रबाट ब्युटी विथ पर्पस विधामा विजयी भएकी थिइन् । मिस वर्ल्डमा उक्त विधा क्षेत्रीयरुपमा विजयी भएपछि अपरदानगढीको चर्चा चुलिएको छ ।

शिविरमा चिकित्सकहरु रुविना गुरुङ ताम्राकार, मनबोधकुमार शाह, आनन्द रौनियार र शोएब इकबालले स्वास्थ्य जाँच र परामर्श गरेका थिए । दुई नर्स रविन्द्र गुप्ता, निशा झा र संयोजक स्वेच्छा विमाली पनि थिए ।

नेपाल मेडिसिटी, बयोधा अस्पताल, वात्सल्य नेचुरल आईभीएफ, एसके भेन्चर्स, द हिडन ट्रेजर र शरद् टिब्रेवालाको सहकार्यमा शिविर सञ्चानलन गरिएको हो ।

इच्छाकामना प्रियंकारानी जोशी स्वास्थ्य शिविर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

धेरै तनाव, चाँडै बुढ्यौली  

धेरै तनाव, चाँडै बुढ्यौली  

गर्भावस्थामा एचपीभी खोप लगाउन हुन्छ ?

गर्भावस्थामा एचपीभी खोप लगाउन हुन्छ ?

‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)

‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)