+
+

अछाममा मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु, ३ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १७:४१

१४ पुस, कैलाली। अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् ।

कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल विकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

विकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका विकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।

उनका अनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम विक, उनकी १४ वर्षीय नातिनी सीता विक र नाति ९ वर्षीय विकास विक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए ।

मरेको कुखुराको मासु खाएपछि मृतक किशोरसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो।

मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन् ।

घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?