+

तुल्सीलाल स्मृति चेस : आयोजक ललितपुर र थापाथली चेस पार्क फाइनलमा

२०८१ पुष  १४ गते १७:५८ २०८१ पुष १४ गते १७:५८
तुल्सीलाल स्मृति चेस : आयोजक ललितपुर र थापाथली चेस पार्क फाइनलमा

१४ पुस, काठमाडौं । आयोजक ललितपुर स्पोर्ट्स क्लब र दुई पटकको विजेता थापाथली चेस पार्क क्लबले सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको फाइनलमा स्थान बनाएका छन्।

आयोजक ललितपुर स्पोर्ट्स क्लबले प्रतियोगिताको उच्च वरियताका दाबेदारको रूपमा रहेको टोली ललितपुर महानगरपालिकालाई निकै प्रतिस्पर्धात्मक खेलमा २.५ अंक जोडेर पराजित गर्‍यो । ललितपुर महानगरपालिकाले साढे १ अंक मात्र जोड्न सफल भयो ।

ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा संचालन भइरहेको प्रतियोगिता नेपालका उत्कृष्ट खेलाडीहरुको सहभागी रहेको टोली पराजित भए ।

तेस्रो बोर्डमा खेलेका पूर्व नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी प्रतियोगिता अविधिभर उत्कृष्ट लयमा रहेका आयोजक क्लबका रिसोन थापासँग पराजित भएका थिए। रिसोनले महत्त्वपूर्ण १ अंक जोडे पछि फिडे मास्टर रुपेश जैशवाल र सिएम सजिन महर्जन बीचमा बराबरी रहे।

त्यसको फाइदा ललितपुर स्पोर्ट्स क्लबकाले उठाउन सफल भए। आयोजक टिमको तर्फबाट दोस्रो बोर्डमा खेलेका शैलेन्द्र न्यौपाने र चौथो बोर्डमा खेलेका विनिता कपालीले आ-आफ्नो खेल बराबरीमा टुंग्याए।

त्यसैगरी थापाथली चेस पार्क क्लबले डिफेन्डिङ च्याम्पियन दोलखा चेस होम लाई ०.५ को विरुद्ध ३.५ ले सहज रुपमा हराउन सफल भए र फाइनलमा स्थान सुरक्षित गरे।

थापाथली चेस पार्कका वुमन महिला च्याम्पियन सिन्दिरा जोशीले निर्णायक खेलमा दोलखा चेस होमका पुजा भण्डारी माथि महत्त्वपूर्ण १ अंक जोड्दै टिमलाई जित दिलाउन सफल भइन्।

यसअघि थापाथलीका रिजेन्द्र राज भण्डारी र राजन सुवेदी, सुशील चौधरी र सुश्रत दाहल तथा आशिष फुयालबीचको खेल बराबरीमा सकिएको थियो।

प्रतियोगितामा विजेता टिमले दुई लाख , उपविजेताले एक लाख २० हजार , तेस्रो हुनेले ८० हजार र चौथो हुने टोलीले ४० हजार नगद पुरस्कार हात पार्नेछ भने प्रत्येक बोर्डमा उत्कृष्ट स्थान हात पार्ने खेलाडीलाई जनही १० हजार पुरस्कारको व्यवस्था गरिएको छ।

ललितपुर स्पोर्ट्स क्लब र थापाथली चेस पार्कबीच उपाधिको लागि भिडन्त हुनेछ भने ललितपुर महानगरपालिका र दोलखा चेस होमको बीचमा तेस्रो र चौथौ स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

तुल्सीलाल स्मृति चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय