+
+

हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानन्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १७:५९

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ बानेश्वरमा रहेको शाखालाई कोटेश्वरमा स्थानन्तरण गरेको छ ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकले ग्राहक सुविधालाई ध्यानमा रााखेर नजिक भएका शाखाहरूलाई अन्यत्र स्थानन्तरण गर्दै आइरहेको छ ।

यही क्रममा नयाँ बानेश्वरमा रहेको शाखालाई काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले कोटेश्वर शाखाको शुभारम्भ गरेका थिए । नयाँ शाखाबाट आइतबारदेखि नै ग्राहकलाई बंैकिङ सेवा दिन थालिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?