+
+

दाङमा कल्भर्टभित्र पसेर माछा मार्ने क्रममा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १८:४५

१४ पुस, दाङ (गढवा) । कल्भर्टभित्र छिरेर माछा मार्ने क्रममा दाङ गढवामा एक जनाको आइतबार मृत्यु भएको छ ।

दाङ गढवा गाउँपालिका–६ सर्वोदय चोकका ६६ वर्षीय ढोर्री कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।

आइतबार अपराह्न ४ः३० बजेतिर गढवा कालाकाटे सडकखण्डको प्रनाहा नजिक कल्भर्ट भित्र छिरेर माछा मार्ने क्रममा अक्सिजनको कमी वा चक्कर लागेर पानीमा ढुब्दा ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घरबाट ११ बजेतिर माछा मार्न भनेर आएको र कल्भर्ट आसपास र कल्भर्टभित्र छिरेर पानी फाल्दै माछा मारेको र त्यै पानीमा अनुहार नाक मुख डुबेको अवस्थामा स्थानीयहरुले देखेपछी प्रहरी लाई जानकारी गराएका थिए ।

मृतक कुमालको शवलाई अहिले पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?