
१४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालयमा पुगेर उनले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
गत बिहीबार राति उपचारको क्रममा सिंहको निधन भएको थियो । उनको नयाँ दिल्लीस्थित निगमघाटमा अन्तिम संस्कार गरिएको थियो ।
भारतीय राजदूतावासमा राखिएको शोक पुस्तिकामा परराष्ट्रमन्त्री राणाले श्रद्धाञ्जलीका शब्दहरू लेखेकी छिन् ।
‘डा. सिंह एक दूरदर्शी नेता र नेपालका सच्चा मित्र हुनुहुन्थ्यो । लोकतन्त्र र विकासमा उहाँको सहयोगका लागि नेपाली जनताले उहाँलाई सधैं कदर गरिरहनेछ,’ श्रद्धाञ्जली व्यक्त गरेपछि उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन् ।
सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4