+

नेपाली कप्तान घनश्याम सम्मिलित हरियाणाले जित्यो प्रो कबड्डीको उपाधि

२०८१ पुष  १४ गते २३:२१ २०८१ पुष १४ गते २३:२१
नेपाली कप्तान घनश्याम सम्मिलित हरियाणाले जित्यो प्रो कबड्डीको उपाधि

१४ पुस, काठमाडौं । नेपाल राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान घनश्याम रोका मगरले भारतको प्रो कबड्डी लिगको उपाधि जितेका छन् ।

घनश्याम सम्मिलित हरियाणा स्टिलर्सले आईतबार पटना पाईरेट्सलाई ३२-२३ ले पराजित गर्दै ११औं संस्करणको उपाधि जितेको हो । विश्वकै चर्चित प्रो कबड्डी लिगको ११ औं सिजनका लागि नेपालका कप्तान घनश्यामलाई स्टिलर्सले रिटेन गरेको थियो ।

उनले यस सिजन २ खेल खेल्दै ३ अंक जोडे । फाइनलमा भने उनले खेलेनन् । घनश्यामले गत सिजन पनि हरियाणा स्टिलर्सबाटै खेलेका थिए ।

प्रो कबड्डी लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय