+
+

भारतले ‘विश्व अडियो भिजुअल मनोरञ्जन शिखर सम्मेलन’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १२:४३

काठमाडौं । भारतले फेब्रुअरी २०२५ मा पहिलो पटक ‘विश्व अडियो भिजुअल मनोरञ्जन शिखर सम्मेलन’को आयोजना गर्ने भएको छ । भारत फिल्म, संगीत र ओटीटी क्षेत्रमा संसारकै विशाल बजार बनिरहेको पृष्ठभूमिमा प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो सम्मेलन गर्न लागेका हुन् ।

फेब्रुअरी ५ देखि ९ सम्म हुने तय भएको शिखर सम्मेलनले विश्वभरका मिडिया र मनोरञ्जन क्षेत्रका नेतृत्वका साथै विश्वभरका रचनात्मक मस्तिष्कलाई सहकार्य, नवप्रवर्तन र ग्लोबल कन्टेन्टको निर्माणमा भारतको बढ्दो प्रभुत्वबारे छलफल गर्ने मञ्च प्रदान गर्ने जनाइएको छ ।

प्रधानमन्त्री मोदीले आइतबार मासिक रेडियो सम्बोधन ‘मनकी बात’मा यसबारे बताएका हुन् । उनले यो शिखर सम्मेलनले भारतलाई रचनात्मक र कन्टेन्ट उत्पादनको उद्योगको विश्वव्यापी हबको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे ।

मोदीले भारतको फराकिलो आर्थिक सन्दर्भमा उक्त शिखर सम्मेलनको महत्वलाई जोड दिंदै यसले देशको पाँच ट्रिलियन डलरको अर्थतन्त्र बन्ने महत्वाकांक्षासँग मेल खाने बताए । ‘यो शिखर सम्मेलन भारतलाई विश्वव्यापी कन्टेन्ट निर्माणको हब बनाउन महत्त्वपूर्ण कदम हो,’ उनले भने ।

प्रधानमन्त्री मोदीले रचनात्मक उद्योगको भविष्यलाई आकार दिन भारतका युवाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले बलिउड, क्षेत्रीय सिनेमा, एनिमेसन, गेमिङ वा मनोरञ्जन प्रविधिका मिडिया र मनोरञ्जन क्षेत्रका सबै क्षेत्रका युवा सिर्जनाकर्ता र पेशाकर्मीलाई शिखर सम्मेलनमा भाग लिन र आफ्ना विचार तथा आविष्कार विश्वसँग साझा गर्न प्रोत्साहित गरेका छन् ।

‘चाहे तपाईं युवा कन्टेन्ट क्रिएटर हुनुहुन्छ वा स्थापित कलाकार, बलिउड वा क्षेत्रीय सिनेमासँग सम्बद्ध, टिभी उद्योगका पेशेवर, एनिमेसन, गेमिङमा विशेषज्ञ वा मनोरञ्जन प्रविधिमा आविष्कारकर्ता सबैलाई म तपाईंलाई यो शिखर सम्मेलनमा सहभागी हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री मोदीले भने ।

शिखर सम्मेलनले विश्वव्यापी ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?