
१५ पुस, काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल रिहा भएका छन् ।
७ पुसमा पक्राउ परेका जंगम र दाहाललाई गत शुक्रबार रिहा गरिएको हो । सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएर उनीहरू रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा उनीहरूलाई गत शुक्रबार रिहा गरिएको हो । जंगम साई स्वाग सहकारीका अध्यक्ष हुन् भने दाहाल तत्कालीन कोषाध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4