+
+

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरि

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १४:१३

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।

स्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशका मुख्य-मुख्य सहरमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभावफेरि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्य, कर्मचारी लगायत सहभागिता थियो ।

१८ पुसमा ग्लोबल आईएमई बैंक १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?