+

प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुलको फराकिलो जित

२०८१ पुष  १५ गते ९:११ २०८१ पुष १५ गते ९:११
प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुलको फराकिलो जित

१५ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले वेस्टह्‍यामलाई उसकै मैदानमा ५-० गोलअन्तरले हराएको हो ।

लिभरपुलको जितमा लुइस डियाज, कोडी गाक्पो, मोहमद सालाह, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड र डियोगो जोटाले १-१ गोल गरे । पहिलो हाफमा ३ गोल गरको लिभरपुलले दोस्रो हाफमा २ गोल थप्यो ।

खेलको ३०औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा गाक्पोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा सालाहले गोल गरेपछि पहिलो हाफमा लिभरपुल ३-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ५४औं मिनेटमा अलक्जेन्डर आर्नोल्डले गोल गर्दै अग्रता फराकिलो बनाए । त्यसपछि ८४औं मिनेटमा जोटाले गोल गरेपछि लिभरपुलको अग्रता थप बढेर ५-० पुग्यो र त्यसपछि गोल भएनन् र ५-० ले विजयी भयो ।

जितसँगै लिभरपुलको १८ खेलबाट ४५ अंक भएको छ र शीर्ष स्थानमा यथावत् छ । पराजित वेस्ट ह्‍यामको २३ अंक छ र १३औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय