+

स्युचाटार क्रिकेट लिग : स्टुडियो सेभेन क्‍वाटरफाइनलमा

२०८१ पुष  १५ गते १६:३३ २०८१ पुष १५ गते १६:३३
स्युचाटार क्रिकेट लिग : स्टुडियो सेभेन क्‍वाटरफाइनलमा

१५ पुस, काठमाडौं । तारकेश्वर युवा क्लबको आयोजनामा भइरहेको स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिनको खेलहरु सम्पन्न भएका छन् । आज सम्पन्न सातवटा खेलहरुमा थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी विजयी भएका छन्।

आजको पहिलो खेलमा समुह ‘डी’ अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई तीन विकेटले पराजित गर्‍यो । ६४ रनको लक्ष्य पाएको थानकोट वारियर्सले ८.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित थानकोट वारियर्सका सुरेश पुनले अवजित २९ रन बनाए।

दोस्रो खेलमा समुह ‘बी’ अन्तर्गत स्टुडियो सेभेनले स्मार्ट ए केयर मिडियालाई छ विकेटले पराजित गर्‍यो। ४६ रनको लक्ष्य पछाएको स्टुडियो सेभेनले ६.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । प्लेयर अफ द म्याच घोषित स्टुडियो सेवनका सन्देश कार्कीले १० रन बनाउनुको साथै तीन विकेट पनि लिए।

समुह ‘बी’ बाट किंग्स क्रिकेट सबै ४ खेलमा जित समुह विजेताको रुपमा तथा स्टुडियो सेभेन ४ खेलमा ३ जित र १ हार पछि समुह उपविजेताको रुपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।

आजको तेस्रो खेलमा समुह ‘डी’ अन्तर्गत ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार चौंथो जित दर्ता गर्नेक्रममा पञ्चायन युथ क्लबलाई १२ रनले पराजित गर्‍यो। ४३ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायन ३० रनमा अलआउट भयो। प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका सन्दीप पराजुलीले चार विकेट लिए। जितसँगै समुह ‘डी’ को विजेताको रुपमा ग्रेट हिमालय क्रिकेट एकेडेमी क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।

आजको चौथो खेलमा समुह ‘बि’ अन्तर्गत नेक्सस क्रिकेट एकेडेमीले स्मार्ट ए केयर मिडियालाई सात विकेटले पराजित गर्‍यो। २६ रनको लक्ष्य पाएको नेक्ससले २ दशमलव २ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित नेक्ससका राजेश रावतले चार विकेट लिए।

आजको पाँचौं खेलमा समुह ‘डी’ अन्तर्गत मिक्समाण्डुले पञ्चायन युथ क्लबलाई ३० रनले पराजित गर्‍यो। ८८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायन ५७ रनमै समेटिन पुग्यो। प्लेयर अफ द म्याच घोषित मिक्समाण्डुका सोनु देवकोटाले तीन विकेट लिए।

आजको छैटौं खेलमा समुह ‘बी’ अन्तर्गत नेक्सस क्रिकेट एकेडेमीले टिम रेन्सुलाई पाँच विकेटले पराजित गर्‍यो। टिम रेन्सुले दिएको ५३ रनको लक्ष्य नेक्ससले ७ दशमलव २ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित मेक्ससका आर्यन बिकले तीन विकेट लिए।

आजको सातौं खेलमा समुह ‘डी’ अन्तर्गत मिक्समाण्डुले सानो स्वर्ग नेपाललाई ७९ रनले पराजित गर्‍यो। १०५ रनको लक्ष्य पाएको सानो स्वर्गले २५ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित मिक्समान्डुका अनुप श्रेष्ठले ४० रन बनाए। विशाल जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको मिक्समान्डुले क्‍वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

चौथो दिनको खेलपछि हालसम्म समुह ‘बी’ बाट किंग्स क्रिकेट र स्टुडियो सेभेन, समुह ‘सी’ बाट टिम बिडीएस तथा समुह ‘डी’ ग्रेट हिमालय क्रिकेट एकेडेमीले क्‍वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

प्रतियोगिता अन्तर्गत पाँचौ दिन मंगलबार पनि लिग चरणका ७ वटा खेलहरु हुनेछन्। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रस्कार प्राप्त गर्ने छन् ।

स्युचाटार क्रिकेट लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय