+

फुटबल टोलीका कप्तान किरणले भेटे प्रधानमन्त्री, के भयो कुराकानी ?

२०८१ पुष  १५ गते १७:०३ २०८१ पुष १५ गते १७:०३
फुटबल टोलीका कप्तान किरणले भेटे प्रधानमन्त्री, के भयो कुराकानी ?

१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेट गरेका छन् । भेटपछि किरणले प्रधानमन्त्री ओलीलाई भेट्ने मौका मिलेको र खेलकुदमा प्रधानमन्त्रीले देखाएको माया र प्रतिबद्धताले हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।

‘आजको दिन विशेष रह्‍यो । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट्ने मौका मिल्यो । नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको माया र प्रतिबद्धताले हामीलाई हौसला मिलेको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसैगरी कप्तान किरणले एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल नेपालमै गराउनका लागि पहल गरिदिन पनि आग्रह गरेका छन् । ‘नेपाली खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन भविष्यमा महत्वपूर्ण निर्णयहरू हुनेछन् भन्ने विश्वास छ,’ उनले लेखेका छन्, ‘हामीले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई पहलकदमीको लागि अनुरोध गरिसकेका छौँ ।’

प्रधानमन्त्रीले खेलकुद मनोरञ्जन मात्र नभएर राष्ट्र निर्माणको आधा भएको बताएका किरणले उल्लेख गरेका छन् । ‘प्रधानमन्त्रीज्यूले खेलकुद मनोरञ्जनको साधन मात्र नभएर राष्ट्रनिर्माणको आधार भएको बताउँदै नेपाली फुटबललाई विश्वस्तरमा पुर्‍याउन देखाउनुभएको दृढ इच्छाशक्ति र सहयोगप्रति हामी आभारी छौँ ।’

प्रधानमन्त्रीकले सकारात्मक पहलकदमीले सकारात्मक परिणाम आउनेमा विश्वास रहेका किरणले बताएका छन् । कपत्न किरणले नेपाली खेलकुदप्रति प्रधानमन्त्री ओलीले देखाएको सहयोग, सद्भाव र अग्रसरताको प्रशंसा गर्दै धेरै धेरै धन्यवाद दिएका छन् ।

किरण चेम्जोङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय