+
+

५ महिनामा ६ हजार रोपनीमा लगाइएको गाँजा फडानी

सबैभन्दा बढी बागमती प्रदेशमा गाँजा फडानी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १८:३१
फाइल तस्वीर

१५ पुस, काठमाडौ । पाँच महिनाको अवधिमा प्रहरीले करिब ६ हजार रोपनी क्षेत्रफलमा लगाएको गाँजा फडानी गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षदेखि मंसिर मसान्तसम्मको अवधिमा ५ हजार ८१५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिएको हो । साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा गाँजा फडानी भएको छ ।

बागमती प्रदेशमा २ हजार ९३७ रोपनी, गण्डकी प्रदेशमा ३४५ रोपनी, काठमाडौं उपत्यकामा १२० रोपनी, सुदूरपश्चिम प्रदेशमा १७२ रोपनी, कर्णाली प्रदेशमा ५ रोपनी, लुम्बिीनी प्रदेशमा १६९ रोपनी, मधेश प्रदेशमा २५३ रोपनी, कोसी प्रदेशमा १ हजार ८१४ रोपनी गाँजा फडानी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपालमा औषधिजन्य प्रयोगका लागि बाहेक गाँजाको खेती गर्न तथा बेचबिखन गर्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?