+
+

भीम रावलले गठन गर्ने दललाई बीपी कांग्रेसको साथ !

बीपी कांग्रेसका उपसभापति कर्णबहादुर मल्लले भने– छलफललाई नयाँ प्रारूप दिएर नयाँ गोरेटो कोरेर जाने सम्भावना छ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १९:००
सोमबार बिहान भीम रावलनिवासमा भएको भेटवार्ताको क्रममा खिचिएको तस्वीर ।

१५ पुस, काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेका भीम रावलले गठन गर्ने दलमा बीपी कांग्रेसका नेताहरू पनि जोडिने भएका छन् ।

बीपी कांग्रेसका केन्द्रीय उपसभापति कर्णबहादुर मल्लले भावी राजनीतिबारे सकारात्मक छलफल भएको जानकारी गराए ।

‘हामी छलफल गरेर नयाँ प्रारूप दिएर, नयाँ गोरेटो कोरेर जाने सम्भावना छ,’ मल्लले अनलाइनखबरसँग भने, ‘प्रारम्भिक भेटघाट सकारात्मक ढंगले अघि बढेकोे छ ।’

सुशीलमान शेरचनको नेतृत्वमा रहेको बीपी कांग्रेससँग रावलले नेतृत्वमा गठन हुने दलबीचमा एउटै कार्यदिशा बनाएर जाने गरी छलफल भएको मल्लले बताए । रावलले गठन गर्ने दल गैरकम्युनिस्ट हुने भएकाले मिलेर जान समस्या नहुने मल्लले जानकारी गराए ।

रावलले बुधबार नयाँ दलको घोषणा गर्ने भएका छन् । डडेल्धुराका कांग्रेस पूर्वसभापति समेत रहेका मल्लले सुदूरपश्चिमका सांसद तारा जोशीलाई लिएर सोमबार रावललाई भेट्न गएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि मल्लले कांग्रेस छोडेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?