+
+

बैंककस्थित होटलमा आगलागी हुँदा ३ पर्यटकको मृत्यु

मृत्यु हुनेमा अमेरिका, ब्राजिल र युक्रेनका नागरिक छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते २२:१७

१५ पुस, बैंकक । थाइल्यान्डको राजधानी बैंककमा रहेको ६ तले होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा अमेरिका, ब्राजिल र युक्रेनका नागरिक छन् । उनीहरूमध्ये एक महिला र दुई पुरुष छन् । आगलागीमा परेर गम्भीर घाइते भएका उनीहरूको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

घाइतेमध्ये पाँच विदेशी र दुई थाइ नागरिक रहेको बैंकक महानगर प्रशासनले सोमबार जनाएको छ । आगलागीलगत्तै पुगेका उद्धारकर्ताले होटलमा रहेका अन्य ७५ जनालाई उद्धार गरेका थिए ।

बैंककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार अग्निनियन्त्रकहरू सूचना पाएको पाँच मिनेटभित्रै घटनास्थलमा पुगेको र तीनवटा क्रेनको सहायतामा उद्धारकर्मीले करिब ७५ जनालाई उद्धार गरेको जानकारी दिए ।

आगलागीको कारण खुल्न सकेको छैन । (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?