+
+

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आजसम्मको आवेदन म्याद

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते ८:४४

१६ पुस, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आज मंगलबारसम्म आवेदन म्याद तोकिएको छ । कम्पनीले १० सेयर बराबर ६.२५६ को दरमा हकप्रद सेयर निष्कासन गरेको हो । कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबर छ । कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब हुनुपर्ने व्यवस्था गरिएको छ । इक्रा नेपालले कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?