+
+

८ वर्ष लामो कानुनी लडाइँपछि ब्राड पिट र एन्जोलिनाको डिभोर्स

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १२:४५

काठमाडौं । हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीले आठ वर्षको कानुनी लडाइँपछि  सम्बन्ध विच्छेद गरेका छन् । पिपल म्यागेजिनका अनुसार जोडीले आफ्ना शर्तहरूलाई अन्तिम रुप दिंदै ३० डिसेम्बरमा सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरे ।

‘आठ वर्ष पहिले जोलीले पिटसँग सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन् । उनी र छोराछोरीले पिटसँग साझेदारी गरेका सबै सम्पत्ति छाडेका थिए । त्यस समयदेखि परिवारका लागि शान्ति र उपचारमा ध्यान केन्द्रित गरिन्,’ जोलीका वकील जेम्स साइमनले एक विज्ञप्तिमा भने ।

‘यो आठ वर्ष पहिले सुरु भएको प्रक्रियाको मात्र एक भाग मात्र हो । साँच्चै भन्नुपर्दा एन्जेलिना थाकेकी छिन्, तर यो एक भाग सकिएकोमा उनी राहत पाएकी छिन्,’ उनले भने ।

सन् २०१६ मा निजी विमानमा शारीरिक क्षति पुग्ने गरी झगडा भएपछि यो जोडी विश्व मिडियाको हेडलाइन बनेको थियो । उक्त झगडामा पिटले एक बच्चालाई अनुहारमा चोट लाग्ने गरी हिर्काएको जनाइएको छ ।

यो पनि दाबी गरिएको थियो कि उनले ‘जोलीको टाउको समातेर उनलाई घिसारेको’ तथ्यपछि पिटविरुद्ध मुद्दा दायर गरिएको थियो । तर मुद्दाका विषय भने २०२२ मा पिट र जोली भएको खुलासा भयो ।

अप्रिलमा जोलीका वकीलले दाबी गरेअनुसार सन् २०१६ अघिदेखि नै पिटले शारीरिक दुर्व्यवहार गर्न थालेका थिए । पिटले जोलीलाई आफ्नो आधा हिस्साको वाइनरी बेच्न अनुमति नदिएको आरोप पनि लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?