+
+

जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिरा बेच्नेलाई कारबाही गर्छौं : मुख्यमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १३:२५

१६ पुस, जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री सिंहले मंगलबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरे ।

जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई अनुरोध गरे । नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिए ।

‘जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना गर्न सबैमा अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘ नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्ने हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?