+
+

अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १४:०५

१६ पुस, काठमाडौं । स्याङजाको अर्जुनचौपारी गाँउपालिकाले बजारमा ढलान गर्ने क्रममा गुणस्तरहीन काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गाँउपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशाकीय अधिकृतहरु पुरण गुरुङ र कमल प्रसाद गौतम, इञ्जिनियरहरु नविन थापा, सुदिप आचार्य र सूर्यप्रसाद पौडेलविरुद्ध भ्रष्टाचारमद्दा दायर गरेको हो ।

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसी अनि अर्को उपभोक्ता समूहका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णुकुमारी वि.क.अनि कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

गाँउापलिकाका अध्यक्ष अर्यालमाथि ३५ लाख ३९ हजार विगो मागदावी गरेको छ भने अरुका हकमा भने अख्तियारको फरक विगो मागदावी छ ।

आर्थिक वर्ष २०७५/७६ को योजना कार्यान्वयनका क्रममा गुणस्तरहिन काम भएको भन्दै अख्तियारले आर्थिक वर्ष २०७५/७६ मा २७ लाख र आर्थिक वर्ष २०७६/७७ मा ८ लाख ३४ हजार नोक्सान भएको दावी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?