
१६ पुस, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेकालाई सरकारले सम्मान तथा पुरस्कार दिने भएको छ । उक्त प्रयोजनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन मागेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई पुरस्कृत गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ माघ भित्र आवेदन दिन सकिने छ ।
कामदार भिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको हुनुपर्ने सर्त छ । वैदेशिक रोजगारीबाट नेपाल फर्किएको समेत एक वर्ष पूरा भएको हुनुपर्ने गरी सर्त राखिएको छ ।
पछिल्लो पाँच वर्षयता मन्त्रालयबाट कुनै पनि प्रकारको पुरस्कार नपाएको हुनुपर्ने सर्तसमेत राखिएको मन्त्रालयले जनाएको छ । यसअघिका वर्षमा आवेदन दिएका तर पुरस्कार नपाएकाले पनि यस्तो पुरस्कारका लागि आवेदन दिन सक्ने छन् ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया 4