+
+

जब शान्ति मिसनबाट फर्किएलगत्तै सैनिक अधिकृत सम्पर्कविहीन भए …

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १८:०३

१६ पुस, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा कार्यरत रहँदै ईश्वरजंग खत्री सेनानीबाट प्रमुख सेनानीमा बढुवा भइसकेका थिए । तर, दर्ज्यानी चिह्न लगाउन पाएका थिएनन् ।

फर्किएपछि जंगीअड्डामा उनले बढुवाको दर्ज्यानी चिह्न लगाउने तयारी थियो । यद्यपि, फर्किएलगत्तै एकाएक सम्पर्कविहीन भए । ललितपुरमा रहेको राजदल गण दरबन्दी भएका उनी हराएपछि परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दियो ।

सैनिक अधिकारी हराएको सूचना पुगेपछि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्‍यो । त्यसक्रममा उनको मोबाइलको लोकेसन पर्सामा देखियो । त्यो अनुसार जिल्ला प्रहरी कार्यालय, पर्सासँग पनि समन्वय भयो । तर, फेरि उनको मोबाइल अफ आयो ।

अरु पक्षबाट जाँच गर्दा उनी मोटरसाइकलमा त्यसतर्फ गएको खुलेको प्रहरी अधिकृतहरु बताउँछन् । प्रहरीले खोजतलासलाई तीव्रता दिइरहेका बेला उनी तीन दिनअघि फेला परेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शेखर खनालले पुष्टि गरे ।

उनले अनलाइनखबरसँग भने, ‘उहाँलाई परिवारको जिम्मा लगाइसकेका छौं ।’ खनालले उनी के कारण सम्पर्कविहीन भएका थिए भन्ने चाहिँ बताएनन् । आफूहरूको जिम्मेवारी खोजतलास मात्र भएकाले अरू विषयमा खोजी नगरिएको खनाल बताउँछन् ।

सैनिक स्रोतका अनुसार, उनी पारिवारिक समस्याका कारण वीरगञ्जतिर हिंडेको जस्तो देखिएको छ । ‘मिसनबाट फर्किएपछि उहाँ पारिवारिक समस्याले वीरगञ्जतिर जानुभएको थियो, तर एक दिन बसेर फर्किनुभयो’ स्रोतले भन्यो, ‘थप विषय जानकारी भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?