+
+

नयाँ कानुनले प्राधिकरण अझै विश्वसनीय हुन्छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १८:२३

१६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्ने कानुन निर्माण भएपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताएका छन् ।

मंगलबार प्राधिकरणको २६औं वार्षिकोत्सवमा मन्त्री पाण्डेले मन्त्रिपरिषदबाट स्वीकृत भएको विधेयक संसदबाट कानुनका रूपमा निर्माण गरेपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताएका हुन् ।

विधेयकमाथि छलफल हुँदा प्राधिकरण कर्मचारीका कुरा समेत समावेश गरिने उनको भनाइ थियो । नयाँ कानुन निर्माण भएपछि अन्तर्राष्ट्रिय रूपमा उठ्ने गरेका प्रश्न पनि सम्बोधन हुने उनले बताए ।

कानुन निर्माण गर्दा कुनै कुरामा शंका नगर्न उनले आग्रह गरे । यो कानुन निर्माण भए प्राधिकरण झनै विश्वसनीय हुने उनको भनाइ छ । निजगढ विमानस्थल निर्माण नेपालको सपना भए पनि त्यो निर्माणको विषय त्यत्तिकै अल्झिरहेको उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?