+
+

प्रहरीको कुकुर विद्यालयकी डीआईजी गुरुङको अवकाश

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १८:३४

१६ पुस, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालयकी प्रमुख डा. देउती गुरुङले अवकाश पाएकी छन् ।

प्रहरी निरीक्षकका रुपमा १५ पुस २०५१ मा सेवा प्रवेश गरेकी गुरुङ मंगलबारदेखि अनिवार्य अवकाशमा गएकी हुन् ।

पहिले कुकुर विद्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी रहेकामा गुरुङलाई बढुवा गर्न प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरिएको थियो । डीआईजीबाट उनले मंगलबार अवकाश पाएकी छन् ।

उनीसँगै हालै अवकाश पाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु किरण बज्राचार्य, भिमप्रसाद ढकाल, केदार ढकाल, भरत बहादुर बोहरा र डीआईजी विकासराज खनाललाई एक कार्यक्रमका बीच विदाइ गरिएको छ ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएको भन्दै उनीहरुको प्रशंसा गरे ।

त्यसक्रममा उनले प्रहरी वरिष्ठ अधिकृतहरुलाई मायाको चिनो समेत प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?