+
+

२२ दिनदेखि कार्यालय छिर्न पाएनन् त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १९:५९

१६ पुस, काठमाडौं । विद्यार्थीले प्रवेशमा रोक लगाएपछि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राई २२ दिनदेखि कार्यालयमा जान पाएका छैनन् ।

माओवादी, नेकपा एस लगायतका विद्यार्थी संगठनले प्रिन्सिपल कार्यालयमा तालासहित प्रवेशमा रोक लगाएपछि राई कार्यकक्षमा जान नपाएका हुन् ।

‘कार्यालयमा जान पाएको छैन । एक चरणको वार्ता भएको छ । सहमति भएको छैन,’ प्रिन्सिपल राईले भने । त्रिवि मैदानमा भएको क्रिकेट प्रतियोगिताको पार्किङ शुल्कको विषयलाई लिएर विद्यार्थीहरूले गत मंसिर २५ मा ताला लगाएका थिए ।

ताला लगाउनेमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल छैटौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियन छन् ।

एनपीएल प्रतियोगिताको पहिलो दिन स्ववियुका पदाधिकारीको संलग्नतामा पार्किङ शुल्क उठाएको आरोप आन्दोलनरत विद्यार्थीहरूको छ ।

त्यसैले छानविनको माग राखेर विद्यार्थीहरूले ताला लगाएका हुन् । विद्यार्थीले प्रिन्सिपल कार्यालयसँगै स्ववियूको कार्यालय र रजिस्ट्रार कार्यालय अन्तर्गतको सामान्य प्रशासन महाशाखामा पनि ताला लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?