+
+

८ वर्षपछि सञ्चालनमा आयो गुल्मी-पर्वत जोड्ने पक्की पुल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १४:०२

१६ पुस, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोडने पक्की पुल सञ्चालनमा आएको छ । सम्झौता भएको आठ वर्षमा गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य सम्पन्न भएको छ ।

पुलको गुल्मी क्षेत्र नम्बर–१ का सांसद डा. चन्द्र भण्डारीले उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै सांसद भण्डारीले लामोसमयको प्रतिक्षापछि यस भेगका नागरिकका लागि पक्की पुलले सहजता ल्याएको बताए । गुल्मी र पर्वतका नागरिकलाई यस पुलले यात्रामा सहज बनाएको भण्डारीले बताए ।

तत्कालीन तम्घास सिमलटारी-प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ मा १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपैयाँ ११ पैसामा सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले ३० चैत २०७६ मा कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो ।

सम्झौता भएको कार्यालय नै खारेज भएर तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजना हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो ।

२०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पा मार्फत कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएको थियो ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समयपछि उक्त पुलको निर्माण कार्य सम्पन्न भएको बताए ।

सार्वजनिक खरिद नियमावलीको १२औं संसोधन अनुसार २०८१ साल असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

पुल निर्माण भएपछि गुल्मी र पर्वतको यात्रा सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?