+
+

ग्लोबल आईएमई बैंकले १८ पुसदेखि सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते २०:२७

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्त्रीरोगसम्बन्धी महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायत सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरी स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार १८ पुसमा बागमती प्रदेश अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ स्थित सरस्वती टोल र मधेश प्रदेशअन्तर्गत बाराको कलैया उपमहानगरपालिका-१ स्थित राजदेवी मन्दिर हलमा शिविर सञ्चालन हुनेछ ।

यसैगरी २० पुसमा गण्डकी प्रदेशअन्तर्गत पर्वतको मोदी गाँउपालिका-१ स्थित भुक स्वास्थ्य चौकीमा, २१ पुसमा कोशी प्रदेशअन्तर्गत मोरङको विराटनगर महानगरपालिका-१२ स्थित आधारभूत स्वास्थ्य चौकीमा, २३ पुसमा लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको शैनामैना नगरपालिका-११ स्थित परिवार नियोजन संघको क्लिनिकमा शिविर सञ्चालन हुनेछ ।

यसै गरी २६ पुसमा कर्णली प्रदेशअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ स्थित दौलाटपुर स्वास्थ्य चौकीमा र २८ पुसमा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको गोदावरी नगरपालिका-८ स्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?