+
+

पत्रकार पुष्पा शर्मा कमला कार्की स्मृति प्रतिष्ठानद्वारा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २७ गते १८:२२

२७ पुस, काठमाडौँ। पत्रकार पुष्पा शर्मालाई कमला कार्की स्मृति प्रतिष्ठानले शनिबार नगदसहित सम्मान गरेको छ ।

प्रतिष्ठानले कमला कार्कीको नवौं स्मृति दिवसका अवसरमा हरेक वर्षझै पत्रकारिता क्षेत्रका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चन्द्रागिरि नगरपालिकामा बसोबास गर्नेलाई सम्मान गर्नेक्रमा शर्मालाई सम्मान गरेको हो।

प्रतिष्ठानले शनिबार ब्राइट फ्युचर माविमा एक समारोहको आयोजना गरि राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा लामो समय योगदान पुर्‍याएको भन्दै शर्मालाई नगद रु १५ हजार १ सहित सम्मानपत्र प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

सोही अवसरमा प्रतिष्ठानले दक्षिण एसियाली खेलकुदकी पदक विजेता बक्सिङ खेलाडी ललिता महर्जन,अभियन्ता एलिना महर्जन, वडा १५ की ज्येष्ठ नागरिक ९१ वर्षीया वेली बेलवासे र वडा १४ की ९६ वर्षीया धनमाया श्रेष्ठलाई पनि नगदसहित सम्मान गर्‍यो ।

सबैलाई १५ हजार १ रुपैयाँसहित प्रशंसापत्रबाट सम्मान गरिएको थियो । त्यसै अवसरमा लोकबाजा संरक्षणमा महत्त्वपूर्ण योगदान गर्दै आएको वन्थः चा मिसा पुचःलाई पनि१ लाख १ रुपैयाँसहित सम्मान गरिएको थियो ।

उनीहरूलाई आमाको घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व खेलकुदमन्त्री रमा आले, बागमती प्रदेशका सांसद केशव पोखरेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीलगायतले सम्मान गरे ।

कार्की प्रतिष्ठानले बिगत ९ बर्षदेखी चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने बिभिन्न क्षेत्रका राष्ट्रिय ख्याति प्राप्त ३ जना महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने एक जना सामाजिक संस्था र दुई जना जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य, कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेश सांसद केशव पोखरेल,चन्द्रागिरि नगरपालिका उपमेयर बसन्ती श्रेष्ठ, नगरपालिका वडाअध्यक्षहरु, साहित्यकार डा.नवराज लम्साल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?