+
+

कीर्तिपुरको चोभार स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर प्रिन्टर चोरी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते ११:२०

१७ पुस, काठमाडौं । कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ ।

उक्त स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको छ । कम्प्युटर र प्रिन्टर गरी करिब एक लाख २५ हजार रुपैयाँ बराबरका सामान सोमबार राति चोरी भएका हुन् ।

स्वास्थ्य चौकीकै कम्प्युटर र प्रिन्टर चोरीको उजुरी अहिले प्रहरी वृत्त कीर्तिपुरमा परेका छन् । स्वास्थ्य चौकीबाट सामान चोरी भएको भन्दै उजुरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?