+
+

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते ११:५३

१७ पुस, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका तामाङलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको गृह मन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

रानिपाखेरीमा कार्यरत रहेकी एआईजी किरण बज्राचार्य ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि तामाङलाई उक्त ठाउँमा सरुवा गरिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?