+
+

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते ११:३०

१७ पुस, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बुधबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले १४ पुस आइतबार ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । जसमा बैंकहरुले ६२ अर्ब ५ करोड लगानी गर्न तयार भएपछि सोही अनुसार राष्ट्र बैंकले निक्षेप संकलन उकरण मार्फत तरलता प्रशोचन गरेको थियो ।

बुधबार पुन: ४० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्ने बैंकले सावाँ र ब्याज १ माघमा फिर्ता पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?