+
+

काठमाडौंको भोटेबहालमा १४ लाख बराबरको धनमाल चोरी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १२:५०

१७ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।

भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठामा चोरी भएको हो ।

उनको कोठाबाट ९ तोला सुन र नगद ८० हजार रूपैयाँ गरी करिब १४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

दिउँसो कोही नभएको मौकामा चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?