+
+

एकीकृत समाजवादीका नेताहरू बामदेव गौतमसँग छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १४:५७

१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरु बामदेव गौतमसहित छलफलमा जुटेका छन् । गौतमलाई पार्टीमा भित्राउने तयारी अन्तर्गत यो छलफल भइरहेको स्रोतले बतायो ।

छलफल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन् । तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन । आजको छलफल सोही विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल, प्रकाश ज्वाला लगायतका नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?