+
+

वामदेव भन्छन्- माधवजी र म एक हुने भयौं, भीम रावलको थाहा छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १६:१०

१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् ।

बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । भीम रावलजी के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गौतमले भनेका छन्, ‘त्यो मलाई थाहा छैन । माधव जी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।’

नेताहरूका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ । ‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा गौतमले प्रश्न राखेका थिए । ‘उक्त विषयमा पनि आज निकैबेर छलफल भयो । लगभग सहमतिको दिशामा गएका छौं,’ खतिवडाले भने ।

समझदारी विकास गर्ने गर्दै अघि बढ्ने सहमति भएको भन्दै गौतमले भनेका छन्, ‘हामीले एकताको घोषणा निर्णय भएपछि भन्छौं । अब धेरै समय लाग्दैन होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?