+
+

अमेरिका पठाउने भन्दै ५९ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १७:१२

१७ पुस, काठमाडौं । अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भइ चितवन भरतपुर बस्दै आएका ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी नगरपालिका–२ घर भइ काठमार्डौं नागार्जुन बस्दै आएका ३१ वर्षीय राजन आले छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट मंगलबार पक्राउ गरेको हो ।

बेरोगजार युवायुवतीहरूलाई उनीहरुले अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुुसन्धन कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?