+
+

विचाराधीन विधेयक पारित गर्ने गरी काम गर्न सांसदहरूलाई कांग्रेसको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १७:४६

१७ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले संसद्मा विचाराधीन विधेयकहरूलाई संसद्को आउँदो अधिवेशनमा पारित गर्ने गरी काम गर्न सांसदहरूलाई आग्रह गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरूलाई यस्तो आग्रह गरेको हो ।

समितिमा रहेका विधेयकहरूको अवस्था र ती विधेयकहरू पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको सहमहामन्त्री जीवन परियारले बताए ।

‘हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरुलाई अन्तिम टुंगोमा पुर्‍याएर संसदको अगामी अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरू पारित गर्नको लागि हामीले माननीय सदस्यहरूसँग आग्रह गरेका छौं । उहाँहरूले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ,’ परियारले भने ।

उनले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसद्का अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरूसँग छलफल गरेको बताए ।

समितिमा १५ वटा विधेयकहरु विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन सुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्‍याउन सांसदहरूलाई आग्रह गरिएको परियारले बताए ।

‘आज हामी संघीय संसदमा विचाराधीन विधेयकहरुको सन्दर्भमा के, कस्तो अवस्था छ । र ती विधेयकहरू समितिमा के कति कारणले पारित हुन सकेका छैनन् ? र आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधीन विधेयकहरूलाई अन्तिम टुंगोमा पुर्‍याउनका लागि नेपाली काँग्रेसले पार्टीका सांसदहरुसँग हामीले छलफल गरेका छौं,’ उनले भने ।

गत बिहीबार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?