
काठमाडौं । नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ४.९९ प्रतिशत निश्चित ब्याजदरमा दिपलका ईभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।
नयाँ वर्ष २०२५ को अवसर पारेर कम्पनीले ग्राहकका लागि यस्तो योजना सार्वजनिक गरेको हो ।
‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब ईभी प्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक ईभी दिपललाई कम ब्याजदरमा सहज रूपमा खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा कम्पनीको छ ।
यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर मात्र होइन निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसमार्फत पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउने कम्पनीले जनाएको छ ।
सन् २०२४ मा नेपालमा दिपल ईभीले प्राप्त गरेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजनाअघि सारिएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4