+
+

पाटन दरबार क्षेत्रमा मनाइयो राष्ट्रिय पोशाक दिवस (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ पुष १७ गते १९:०५

१७ पुस, काठमाडौं। जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ ।

पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी थिए ।

‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोली र नेपाली झण्डासहित मार्च पास गरी दिवस मनाएका हुन् ।

२०७० सालदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको संख्या बढ्न थालेको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?