+
+

२३ पुसमा प्रदेश सभा आह्वान गर्न सिफारिस

रासस रासस
२०८१ पुष १७ गते १९:०१

१७ पुस, महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । बुधबार बसको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही पुस २३ गते मंगलबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

जनता समाजवादी पार्टी नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेशसभाको बैठक नबोलाएर सरकारले संसद्लाई बन्धक बनाएको आरोप लगाइरहेका बेला सरकारले बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरिएको हो ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

कृषिसम्बन्धी विधेयक, बीउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संसोधनसहितका बिजनेस प्रदेशसभामा छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?