
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले सञ्चालन गरेको योजनाका विजेता निराजन ढकाल बनेका छन् ।
सिटी एक्सप्रेसले सञ्चालन गरेको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार बापत ढकालले ७ लाख ५४ हजार ३६२ रुपैयाँ नगद पाएका हुन् ।
ढकालले सिटी एक्सप्रेसमार्फत कोरियाबाट नेपालमा रहेका आफन्तलाई ४१ हजार ९०९ रुपैयाँ पठाएका थिए । योजना अनुसार उनले पठाएको रकमको १८ गुणा रकम नगद उपहार पाएका हुन् ।
हास्य कलाकार एवम् सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/प्रबन्ध निर्देशक चन्द्र टन्डनको उपस्थितिमा विद्दुतीय प्रणालीद्वारा विजेता छनोट गर्दा ढकाल भाग्यशाली बन्न पुगेका हुन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत १ असोजदेखि ३० मंसिरसम्म चाडपर्व लक्षित उक्त योजना सञ्चालन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4