+
+

स्मार्ट च्वाइस र एभरेस्ट बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १९:११

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एभरेस्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार एभरेस्ट बैंकका ग्राहकहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्ने सक्नेछन् ।

विगत दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ लगायत विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइसले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो ।

यस सेवा मार्फत बैंक तथा वित्तीय संस्था लगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बीमा कम्पनी तथा ठूला कर्पोरेटहरूले सेवाग्राहीका लागि देशभरिका जुनसुकै बैंक खातामा सहज र छिटो रकमान्तर गर्न सक्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?