+
+

पार्टीलाई नेताकेन्द्रित होइन, समुदायकेन्द्रित बनाऔं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभई समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।

रासस रासस
२०८१ पुष १७ गते १९:२६

१७ पुस, चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभई समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्राडा यज्ञप्रसाद अधिकारीको जीवन संघर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तक  विमोचनपछि उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताए ।

‘जीवनभर कांग्रेसमा काम गरेका नेताहरूको आशिर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ,’ उनले भने ।

कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उनले बताए । उनले भने, ‘पार्टी संरचनालाई सत्तासँग जसरी जोडेका छौं त्यसरी नै समाजमा फर्काउन आवश्यक छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?