+
+

नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल बैंक)को अध्यक्षमा सुवेदी निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १९:२७

१६ पुस, विराटनगर। नेपाल बैंक लिमिटेडको ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा गोविन्दप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन्।

चौथो महाधिवेशनबाट अध्यक्षम सुवेदी निर्विरोध निर्वाचित भएका हन् । महासचिवमा मोहनकुमार श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् ।

कर्मचारी संगठनको महाधिवेशन भक्तपुरमा भएको थियो । अधिवेशनमा ५ सय बढी प्रतिनिधि सहभागी थिए।

महाधिवेशनबाट अध्यक्षमा सुवेदीसहित ५१ सदस्यीय केन्द्रीय समिति र १३३ सदस्यीय केन्द्रीय परिषद समिति पनि निर्विरोध भएको छ । महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका उप–महासचिव इन्चार्ज हरिबोल गजुरेलले गरेका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै गजुरेलले नेपाल बैंक लिमिटेडले आफ्नो शाख र गरिमालाई पुर्नजागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न आग्रह गरेका थिए।

यस्तै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेले बैंकको समग्र विकासमा ट्रेड युनियनहरूले खेलेको भूमिकाहरूको सराहना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?